सुनको मूल्य तोलामा एक हजारले बढ्यो, तोलाको कति?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार बढेको छ। हिजो प्रतितोलामा ८८ हजारमा कारोबार भएको सुनको मुल्य आज तोलामा एक हजारले बढेर ८९ हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

आज तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रुपैंया रहेको छ। यस्तै यता चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर प्रतितोला १२ सय ६० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ। हिजो नेपाली बजारमा चाँदीको मुल्य प्रतितोला १२ सय ४५ रुपैंया रहेको थियो।

अन्य सम्बन्धित समाचार:  सुनको मूल्य घट्यो