पत्रकार महासंघ कास्कीमा महिलाको नेतृत्व

पोखरा। नेपाल पत्रकार महासंघ कास्कीमा विमला भण्डारी निर्वाचित भएकी छन्। भण्डारीले प्रतिस्पर्धी केशव शरण लामिछानेलाई पराजित गरेकी हुन्। भण्डारी १ सय ७४ मत पाएर निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी लामिछानेले १ सय २१ मत पाएका छन्। भण्डारीले प्रतिस्पर्धी लामिछानेलाई ५३ मतान्तरले पराजित गरेकी हुन्।

निर्वाचित भण्डारी संयुक्त प्यानलबाट उमेदवार बनेकी थिइन्। उनी यस अघि नेपाल पत्रकार महासंघ कास्कीको उपाध्यक्ष थिइन्। कास्कीमा ३१२ मतदाता मध्ये ३०५ जनाले मतदान गरेका थिए। त्यसैगरी उपाध्यक्षमा रामप्रसाद तिमिल्सिनाले १७२ मत ल्याएर विजयी भएका छन्। उनले प्रेस चौतारीका अर्जुन गिरीलाई ५० मतान्तरले पराजित गरेका हुन्। महिला उपाध्यक्षमा जमुना शर्मा बर्षा ९१५१० मत ल्याएर निर्वाचित भएकी छन्।

अन्य सम्बन्धित समाचार:  २३ किलो गाँजासहित तीनजना पक्राउ