नेपाल पत्रकार महासंघ पर्सा शाखाको अध्यक्षमा अनुप तिवारी

वीरगञ्ज। नेपाल पत्रकार महासंघ पर्सा शाखाको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्षसहित अधिकांश पदमा प्रेस चौतारीका उम्मेदवार विजयी भएका छन्। प्रेस युनियन, प्रेस संगठन, मधेसी पत्रकार समाज र प्रेस मञ्चको गठबन्धनबाट कार्यसमितिका २ जना सदस्य मात्र विजयी भएका छन्। अध्यक्षमा चौतारी प्यानलका अनुप तिवारी, उपाध्यक्षमा युवराज खड्का, महिला उपाध्यक्षमा सुष्मा शर्मा र सचिवमा भूषण यादव, सहसचिवमा जियालाल साह, सहसचिव समावेशीतर्फ जीतेन्द्र साह, कोषाध्यक्षमा सञ्जीवकुमार मिश्र विजयी भएका छन्।

निर्वाचन समितिका अनुसार कार्यसमिति सदस्यमा मधेसीतर्फ तिवारी यादव, महिला सदस्यमा कविता खड्का, आदिवासी जनजाति सदस्यमा रश्मी राजभण्डारी, अन्य समावेशी सदस्यमा नेहाल खान र अमित अग्रवाल विजयी भएका छन्। खुला सदस्यहरूमा अजय चौरसिया, नरेश सर्राफ, धर्मेन्द्र चौरसिया, पुष्पराज तिमिल्सिना, सफल खतिवडा र श्याम कुशवाह विजयी भए। सदस्यमा विजयी अमित, अजय र नरेश तीन जनामात्रै प्रेस युनियन गठबन्धनका उम्मेदवार हुन्।

अन्य सम्बन्धित समाचार:  नयाँ वर्षमा प्रविधिमैत्री जाउँ है पोखरा अभियान

यसअघि दलित सदस्यतर्फ चौतारी प्यानलकै सुवास राम निर्विरोध निर्वाचित भएका थिए। महासंघका तीनजना केन्द्रीय परिषद सदस्यमा चौतारी प्यानलकै महेशचन्द्र गौतम, विजय भण्डारी र विजय कुशवाहा विजयी भए। महिलातर्फ चौतारी प्यानलकै रसना ढकाल निर्विरोध निर्वाचित भएकी थिइन्। यसैगरी, प्रदेश परिषद् सदस्यमा चौतारी प्यानलका आशिक अन्सारी, प्रकाश तिवारी, विनोद परियार, कन्हैया गुप्ता, निरञ्जन मिश्र, कन्हैयाकुमार साह र शिवशकंर साह र गठबन्धनका कृष्णकुमार खनाल र रामनारायणप्रसाद कुर्मी विजयी भए।