माओवादी केन्द्रबाट निर्वाचित ४ मन्त्रीहरुको सांसद पद खोसिँदै

काठमाडौं। माओवादी केन्द्रबाट निर्वाचित ४ सांसदहरुको पद खोसिने भएको छ। वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्री समेत रहेका ४ सांसदहरुको पद रिक्त हुने भएको हो। माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको विरुद्ध माओवादी केन्द्रले संसद सचिवालयमा पदमुक्त गर्नका लागि निवेदन दिइसकेको छ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा सभामुखले उक्त पत्र संसदलाई जानकारी गराएसँगै चार सांसदहरुको पद रिक्त हुने जनाइएको छ। फागुन २३ गते सर्वोच्च अदालतले तत्कालिन नेकपालाई रद्ध गर्दै एमाले र माओवादीलाई पूर्ववत् रुपमा फर्कादिएको थियो। पार्टी पूर्ववत् रुपमा फर्किएसँगै माओवादी केन्द्रबाट निर्वाचित भएपनि एमालेमा नै बसेका थिए। पार्टीले स्पष्टीकरण सोधेपनि चार सांसदहरुले त्यसको वेवास्ता गर्दै माओवादी केन्द्रमा बसेको भन्दै माओवादी केन्द्रले पदमुक्त गरेको हो।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिबाट थप महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन