संसदीय समितिमा हेरफेर गर्न एमालेको माग

काठमाडौं। सर्वोच्च अदालतले नेकपा एकीकरणलाई बदर गरिसक्दा समेत संघीय संसदका संसदीय समितिमा नेकपाको प्रतिनिधित्व रहेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ।

आजको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुख अग्निप्रसाद सापकोटासँग समय मागेर सांसद खगराज अधिकारीले संसदीय समितिमा हेरफेर गर्न माग गरे। बदर भइसकेको नेकपाको प्रतिनिधित्व संसदीय समितिमा रहेको बताउँदै सांसद अधिकारीले दलको हैसियत अनुसार समितिमा हेरफेर हुनुपर्ने माग गरे। अवैध तरिकाले नेकपाको नाममा समितिमा प्रतिनिधित्व गर्न नसकिने सांसद अधिकारीले बैठकमा जनाए।

सांसद अधिकारीले सबै दलले नाम दिएपछि समितिमा हेरफेर गरिने जानकारी दिएका छन्। नेकपा नाम विवादमा फागुन २३ गते फैसला सुनाउँदै अदालतले एकता बदर गरेपछि नेकपा एकीकरणको अस्तित्व समाप्त भएको थियो। अहिले संसदमा नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएका छन्।

अन्य सम्बन्धित समाचार:  सुदूरपश्चिममा उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै