एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताः पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन

काठमाडौं। पाँचौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जिते हात पारेको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा हेल्प नेपालले एपीएफ क्लबलाई ३–० को सेटमा हराउँदै उपाधि जितेको हो।

च्याम्पियन बनेको हेल्प नेपालले एपीएफलाई २५–१४, २५–२० र २५–२२ को सोझो सेटमा हरायो। हेल्प नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो। उपाधिसँगै हेल्प नेपालले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता एपीएफले १ लाख ५० हजार रुपैयाँ पाएको छ। नेपाल भलिबल संघले गरेको प्रतियोगितामा पुरुषतर्फ सात टिमको सहभागिता रहेको थियो।

अन्य सम्बन्धित समाचार:  नेपाली क्रिकेट टोलीको घोषणा