कोरोना संक्रमणले जनजीवन ठप्प हुनसक्छ, बेसार पानी खानुहोला: प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ओलीले कोभिड–१९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री अ‍ोलीले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउनसक्ने जानकारी दिए।

उनले मास्क लगाउन, हात धुन, घरबाहिर खाना नखान र बेसार पानी खान आग्रह पनि गरे। हाम्रो जनजीवनलाई ठप्प पनि नगर्ने। सावधान भएनौं भने ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ, उनले भने। उनले कोभिड–१९ ले अन्य मूलुकमा जस्तो नेपालमा धक्का नपरेको दाबी पनि गरे।

अन्य सम्बन्धित समाचार:  ‘एमसिसी सम्झौताप्रति काँग्रेस सकारात्मक’