भक्तपुरमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ५० वर्षीय पुरुष पक्राउ

काठमाडौं। भक्तपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। १२ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–४ चित्रपुर बस्ने ५० वर्षीय साने राजथलालाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो।

राजथलाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।