सरकारमाथि मात्र होइन, सभामुखमाथि पनि प्रश्न उठ्छः लालबाबु पण्डित

काठमाडौं। एमाले सांसद लालबाबु पण्डितले बाधा–अवरोध भए सदनलाई जानकारी हुनुपर्ने भन्दै सरकारमाथि मात्र आरोप लगाउन नहुने बताए। अजा बसेको प्रतिनिधिसभाको बैठकमा पण्डितले एउटा पनि विधेयक पारित नभएकोमा असन्तुष्टि जनाए। नागरिकता विधेयकलगायतका विधेयक रोकिएको भन्दै उनले असन्तुष्टि जनाए।

‘सरकारले ल्याएका विधेयक काम होइन, सन्धि–सम्झौता अनुमोदन गर्न ल्याउनु काम होइन,’ उनले भने, ‘सरकारको विरोध गर्न मात्र चाहना राख्नेहरू, जबर्जस्ती सरकारलाई हटाएर आफू जान खोज्नेहरूले विरोध गरेका छन्। सदन राम्रोसँग चल्न नसक्नुमा सरकारमाथि मात्र होइन, सभामुखमाथि पनि प्रश्न उठ्छ।’

अन्य सम्बन्धित समाचार:  सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ