देशभर थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार यो संंगै हालसम्म देशभर २ लाख ७९ हजार १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज देशभर ७९ जना कोरोना संक्रमित निको भएका छन् भने हाल देशभर २ हजार ४५४ जना सक्रिय कोरोना संक्रमित रहेका मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५० लाख नाघ्यो