कोरोना संक्रमणदर बढ्दो, शैक्षिक संघसंस्थाहरु फेरि बन्द हुनसक्ने

काठमाडौं। विद्यालयलगायत शैक्षिक संघसंस्थाहरु फेरि बन्द हुन सक्ने भएको छ। स्वास्थ्य मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोना संक्रमण बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेसँगै बन्द हुने सम्भावना देखिएको जनाएको छ।

आज स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी काठमाडौं, पोखरालगायतका ठूला सहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो। पछिल्लो समय प्रयोगशालाहरुको परीक्षणबाट विद्यालय जाने उमेर समूहका बालबालिकामा संक्रमण बढेको तथ्यांक उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि