कोरोना संक्रमणको जोखिम बढेपछि विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिश

काठमाडौं। कोरोनाभाइरस संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्था भौतिक रूपमा सञ्चालन नगर्न सिफारिश गरेको छ।

छिमेकी मुलुक भारतमा अत्यधिक कोरोना संक्रमित बढेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई शैक्षिक गतिविधि अनलाइनमार्फत गर्नुपर्ने सिफारिश गरिएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा भारतमा १ लाख ३१ हजार नयाँ संक्रमित देखिएका छन्।

खुला सिमानाका कारण दोस्रो लहरको संक्रमण देखिन सक्ने जनाउँदै भीडभाड हुने कुनै पनि गतिविधि नगर्न अपील गरेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट