सुनको मूल्य तोलामा ९ सयले बढ्यो

काठमाडौं। नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्य घटबढ भइरहेको छ। आज सुनको मूल्य तोलामै ९ सयले बढेर ८९ हजार ९ सय पुगेको छ। बिहीबार सुन प्रतितोला ८९ हजार रुपैयाँमा कायम थियो।

यता आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १२ सय ८० पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

अन्य सम्बन्धित समाचार:  फेरी बढ्यो सुनको मूल्य, तोलाको कति?