विराटनगर। नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी फुटाउने काम गरिरहेको आरोप लगाएका छन्। आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले ओलीले पार्टी फुटाउँदा विरोधीहरू खुसी भइरहेको पनि जानकारी दिए।
आफूहरू सबैलाई मिलाउने काममा लागिरहेको र निर्वाचनले मात्रै सबै विषयको निकास नदिने उनको भनाइ छ। प्रधानमन्त्री अोलीले विधानविपरीत काम गर्दै अाएको उल्लेख गर्दै नेता नेपालले उनलाई साथ दिनेहरू दास भएको दाबी गरे।
उनले भने, “विधानविपरीत काम गर्नेलाई पनि साथ, समर्थन दिने भनेका दास हुन्। हामी दास होइनौं। हामी केपी ओलीको मुख हेरेर आन्दोलनमा जुटेका होइनौं,।