आईपीएल आजबाट सुरु, पहिलो खेलमा मुम्बई र बैंगलोर भिड्दै

काठमाडौं। सर्वाधिक चर्चित इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण आज देखि सुरु हुँदैछ। अ‍ाज हुने पहिलो खेलमा साबिक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरले भिड्दै छन्। मुम्बई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार आजसाँझ ७ः४५ बजे सुरु हुनेछ।

एमए चिदंबरम स्टेडियममा हुने खेलमा आज दुबै टोली जित निकाल्ने योजनामा हुनेछन्। रोहित शर्माको कप्तानीमा मैदान उत्रन लागेको मुम्बई आजको खेलमा जित निकालेर सुखद सुरुवात गर्न चाहन्छ। यता भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीको कप्तानीमा मैदान उत्रन लागेको बैंगलोर पनि आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ।

अन्य सम्बन्धित समाचार:  आईपीएलः मुम्बईले कोलकतालाई हरायो