चोभारमा एक्कासि लाग्यो डढेलो

काठमाडौं। पछिल्लो समयमा ७७ जिल्लामध्ये अधिकांश जिल्लामा डढेलोको कहर कायम छ। डढेलोकै कारण देशका विभिन्न भागमा वायु प्रदूषण चरम अवस्थामा पुगेको छ। आज बिहान काठमाडौँको चोभारस्थित जंगलमा डढेलो लागेको छ। जंगलमा एक्कासि जंगलमा आगलागी शुरु भएको स्थानीयहरुको भनाइ छ।

बिहान पहिलोपटक लागेको आगोलाई स्थानीय र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो। दमकलले आगो निभाएर हिँडेको केही समयपछि पुनः सोही स्थानमा आगलागी शुरु भएको स्थानीयले जानकारी दिएका छन्। पछिल्लोपटक लागेको आगोलाई भने स्थानीय आफैले मिलेर नियन्त्रणमा लिएका छन्। के कारणले आगलागी भएको हो खुल्न नसकेको जनाइको छ।

अन्य सम्बन्धित समाचार:  कर्मचारी सवार गाडी दुर्घटनाः दुई जनाको मृत्यु