रेड पाण्डाको छालासहित चार पक्राउ

पाैने

काठमाडौं। बाँकेबाट संरक्षित वन्यजन्तु रेड पाण्डाको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। कोहलपुर नगरपालिका ११ बसपार्कस्थित लालिगुराँस होटलबाट २ थान संरक्षित वन्यजन्तु रेड पाण्डाको छाला सहित रोल्पा सुनछहरी गाउँपालिका १ का ३२ वर्षीय खिमानसिंह रोका मगर समेत ४ जनालाई हिजो बिहीवार राति प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त होटलको ७ नम्बरको कोठा तलासी गर्ने क्रममा उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  ट्याक्टरको ठक्करबाट बालकको मृत्यु