ओलीले प्रचण्डलाई लात हानेपछि अहिले ठिक भएको छः देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा आफ्नो पार्टीको संख्याले बैठक बोलाउने पनि संख्या नपुग्ने बताए। आज काठमाडौंमा आयोजित निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले भने,‘हामीले बास्तविकता हेर्नुपर्छ, हाम्रो संख्याले पार्लियामेन्ट बोलाउनपनि संख्या पुग्दैन्। हामीसँग त एक चौथाई पनि संख्या छैन्। पहिला कुरा बुझ्नुपर्यो। मैले पहिले पनि भनेको थिएँ, कम्युनिष्टको सरकार आयो भने रुनपनि पाईँदैन भनेको थिएँ। भोट त कम्युनिष्टलाई दिए। जनताको घरदैलोमा जाऔं। जनताको हृदय जितौं। जनताको भोट लिनुपर्छ। कांग्रेसले धाँधली गर्न जानेको छैन्।’

सभापति देउवाले समानुपातिकमा आफ्नो दल र नेकपा (एमाले) बराबरी रहेको पनि सुनाए। आफूले त्यतिवेला प्रचण्डलाई प्रधानमन्त्री बन्न भनेको सुनाउँदै अहिले बल्ल प्रचण्डले थाहा पाएको भन्दै कडा आलोचना गरे। उनले भने,‘खुट्टै नटेक्ने मान्छे प्रचण्ड, अहिले ओलीले लात हानेपछि ठिक भएको छ। अहिलेपनि म त ओली हटाउन लागेकै छु, तर संख्या पुग्नुपर्यो नि। मैले आफू प्रधानमन्त्री चाहेको छैन्। संख्या पुग्नुपर्यो नि। हामीले बास्तविक धरातलमा बसेर काम गरौं।’

अन्य सम्बन्धित समाचार:  रौतहटका एक वडाध्यक्ष आफैँ गाडी चलाएर बिरामीलाई ओसार्दै