गृहमन्त्री थापामाथिको कारवाहीको पत्र सचिवालयमा दर्ता

काठमाडौं। नेकपा माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ ले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको छ। आज राष्ट्रियसभा माओवादी दलका नेता दिनानाथ शर्माले पार्टी छाडेर एमालेमा गएका ‘बादल’ को कारवाहीबारे संसद सचिवालयमा जानकारी गराएका हुन्।

सचिवालयलाई जानकारी गराइएको उक्त सूचनाबारे राष्ट्रियसभा अध्यक्षले सदनलाई जानकारी गराउनुपर्ने भएपनि अहिले अधिवेशन चालू नभएकाले राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम उक्त स्थान रिक्त भएकोबारे सूचना टाँस गरेर जानकारी दिन सक्ने व्यवस्था छ।

अन्य सम्बन्धित समाचार:  ३९ जनाको पद बचाउन फेरि अध्यादेश