दुई केजी गाँजासहित एक जना पक्राउ

भोजपुर। अवैध लागूऔषध २ केजी गाँजा सहित एक जना पक्राउ परेका छन्। हतुवागढी गाउँपालिका–९ कोप्चेबाट २ केजी अवैध लागूऔषध गाँजा सहित सुनसरी बराहक्षेत्र नगरपालिका–१ चतरा बस्ने २३ वर्षीय मनिष थानीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

अन्य सम्बन्धित समाचार:  न्यायिक व्यक्तित्व गुमायौः सर्वोच्च