बूढानिलकण्ठ पुगे जसपा नेताहरु पनि , तीन दलको बैठक सुरु

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक सुरु भएको छ। जनता समाजवादी पार्टी नेपालका नेताहरु ढिला गरी बैठकमा पुगेकाले ३ बजे बस्ने भनेको बैठक एक घण्टा ढिला गरी मात्र शुरु भएको हो।

देउवाले बोलाएको छलफलमा सहभागी हुन हिँडेका जसपाका नेताहरु बाटोमै छलफल गर्न बसेका थिए। बैठकमा एउटै स्वर राख्नका लागि उनीहरु बीच बाटोमै छलफलमा जुटेका हुन्। स्रोतका अनुसार जसपाका अध्यक्ष डा। बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई बूढानीलकण्ठ छेउछाउमै छलफलमा बसेका थिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक