देशभर थप २८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै हालसम्म देशभर २ लाख ७९ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज देशभर १२७ जना कोरोना संक्रमित निको भएका छन् भने हाल देशभर २ हजार ६१५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। यसैगरी आज देशभर कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  दाङकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु