देउवाको माओवादी र जसपालाई प्रस्ताव– कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाऔं

काठमाडौं। नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सामू आफ्नो पार्टीको नेतत्वमा सरकार बनाउने प्रस्ताव राखेको छ। माओवादी केन्द्र त्यसमा सहमत भएपनि जसपाले यसबारे छलफल गर्न समय मागेकाले आजको बैठकमा कुनै सहमति भएन।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज तीन दलको बैठक बोलाएका थिए। बूढानीलकण्ठस्थित आफ्नै निवासमा बसेको बैठकमा देउवाले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार माओवादी केन्द्र र जसपासँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव राखेका थिए। प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी बाटोमा अगाडि बढेको भन्दै उनले बैठकमा भने, ‘यस्तो सरकारको नेतृत्वमा लोकतान्त्रिक चुनाव हुन सक्दैन। त्यसेले नयाँ सरकार बनाउन चाहेका छौं। त्यसबारे तपाईंहरुको धारणा के छ?’

अन्य सम्बन्धित समाचार:  नर्सहरूको त्याग, समर्पण र लगनशीलताको राष्ट्रपतिद्वारा उच्च प्रशंसा

बैठकमा जसपा नेताहरुले नयाँ सरकारको औपचारिक प्रस्ताव आएकाले पार्टीमा छलफल गर्ने बताएका बैठकमा सहभागी एक नेताले जानकारी दिए।