जसपा अरुसँग मागेर खाने कमजोर जातीय र क्षेत्रीय शक्ति होइनः डा. बाबुराम

काठमाडौं। पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी (जसपा) अरुसँग मागेर खाने कमजोर जातीय र क्षेत्रीय शक्ति नभएको बताएका छन्। शुक्रबार जसपाका शीर्ष नेताको सामूहिक तस्बिर सार्वजनिक गर्दै बाबुरामले यस्तो बताएका हुन्।

उनले ट्वीट मार्फत जसपा संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री भट्टराईले जसपा कमजोर जातीय र क्षेत्रीय शक्ति नभएर सच्चा राष्ट्रिय शक्ति बन्नु पर्ने बताएका हुन्। शुक्रबार जसपा पदाधिकारीको बैठक सौहाद्र्रपूर्ण र गम्भीर वातावरणमा सुरु भएको भन्दै बाबुरामले यस्तो बताएका हुन्। उनले उदीयमान वैकल्पिक शक्ति हुनुको नाताले जसपाले विद्यमान राष्ट्रिय राजनीतिक संकटको समाधानका निम्ती अग्रणी भूमिका खेल्नुपर्ने समेत बताए।

अन्य सम्बन्धित समाचार:  माओवादीले सरकारको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा