हिजो राति परेको पानीले गर्दा, देशका धेरै ठाउँको मौसम खुल्यो

काठमाडौं। देशका विभिन्न ठाउँमा परेको हावाहुरीसहित पानीका कारण वायु प्रदूषण केही कम भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रवारराति काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेको थियो। वायु प्रदूषण मापन गर्ने नेपालको एक्यूआई अहिले १५० भन्दा तल झरेको जनाइएको छ।

यो लक्षित समूहहरुका लागि अस्वस्थ अवस्था हो। नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर हिजो अस्वस्थ अवस्थामा झरेको थियो। आज फेरि सुधार भएर निश्चित समूहका लागि मात्रै अस्वस्थ अवस्थामा आइपुगेको हो।

अन्य सम्बन्धित समाचार:  उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस