आइपिएल: मुम्बइ इन्डियन्सलाई पहिलो खेलमै पराजय

काठमाडौं। इन्डियन प्रिमियर लिग आइपिएलमा साविक विजेता मुम्बइ इन्डियन्सले पहिलो खेलमै पारजित भएको छ। रोयल च्यालेन्जर्स बैङलोरले मुम्बइ माथि २ विकेटको रोमान्चक जीत हात पारेको हो। चेन्नईमा टस हारेर ब्याटिङ गरेको मुम्बइले २० ओभरमा नौ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो। कप्तान तथा ओपनर रोहित शर्मा १९ रनमा पहिलो विकेटका रुपमा आउट भए।

सूर्यकुमार यादव ३१ र क्रिस लिन ४९ रनमा पलेलियन फर्किए। हार्दिक पान्डेया १३ र इसान किशन २८ रनमा आउट भएपछि मुम्बइका अरु ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन्। काइरोन पोलार्ड ७, क्रुणाल पान्डेया ७, माक्रो जानसेन शुन्य र राहुल चाहर शुन्य रमा आउट भएका थिए। बैङलोरका हर्षल पटेलले शानदार वलिङ गर्दै ५ विकेट लिएपछि मुम्बइको पारी धरासायी भएको थियो। उनले ४ ओभरमा २७ रन खर्चिएका थिए।

अन्य सम्बन्धित समाचार:  प्रिमियर लिगमा लेस्टर पराजित

हर्षले मुम्बइ इन्डियन्स विरुद्ध आइपिएलमा पाँच विकेट लिने पहिलो बलर हुन्। यसअघि यो कीर्तिमान हाल मुम्बइ कप्तान रोहित रोहित शर्माको नाममा थियो। उनले सन २००९ मा डेक्कन चाजर्सबाट खेल्दै २ ओभरमा ६ रन दिएर चार विकेट लिएका थिए। काइल जेमिसन र वासिङटन सुन्दरले १–१ विकेट लिए।

जवाफमा बैङलोरले अन्तिम वलमा आठ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। वासिङटन र विराट कोहलीले ओपनिङ गरेका थिए। यी दुइ बीच ३६ रनको साझेदारी भयो । वासिङटन १० र विराट ३३ रनमा आउट भए। ग्लेन म्याक्सवेलले ३९ रन बनाए। बैङलोरको जीतमा एबि डि भिल्लियर्सले आक्रमक ब्याटिङ गर्दै २७ वलमा ४८ रनको योगदान गरे। उनी अन्तिम ओभरको चौथो वलमा दुइ रन लिने क्रममा रन आउट भएका थिए। बैङलोरलाई अन्तिम दुइ वलमा दुइ रन चाहिएको थियो । पाँचौ वलमा मोहम्मल सिराजले एक रन लिए। अन्तिम वलमा हर्षलले एक रन जोडेपछि बैङलोरले आइपिएलमा विजयी सुरुवात गरेको छ।

अन्य सम्बन्धित समाचार:  नेपाल सुपर लिगमा आज दुई खेल हुँदै