मेयर्स कप महिला क्रिकेटको उपाधि भिडन्त

काठमाडौं। ललितपुर मेयर कपको उपाधि भिडन्त आज हुने भएको छ। पहिलो संस्करणको मेयर कप महिला टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुन लागेको हो। महिला क्रिकेटको उपाधिका लागि विभागीय टिम एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश भिड्दै छन्। त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल दिउँसो १ बजे सुरु हुनेछ।

बलियो टिम एपिएफ प्रतियोगितामा अपराजित रहेको छ। फाइनलमा सुदूरपश्चिमलाई हराउँदै एपिएफ अपराजित रहेर च्याम्पियन बन्न चाहन्छ।यता सुदूरपश्चिम लिगको दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो। सुदूरपश्चिमले ४ खेलमा ६ अंक जोडेको थियो। लिग चरणमा सुदूरपश्चिम एपिएफसँग ३७ रनले पराजित भएको थियो। अन्य खेलमा जित निकालेको थियो।

प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५÷१५ हजार पाउने छन्।

अन्य सम्बन्धित समाचार:  डेभिड लुइज आर्सनल छाड्दै