मोटरसाइकल दुर्घटना हुँदा प्रधानाध्यापकको मृत्यु

काठमाडौं। गुल्मीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लु २३ प ५०५७ नम्बरको मोटरसाइकल गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ को घुम्ती भन्दा भित्री सडकमा दुर्घटना हुँदा सोही वडा निवासी ठुलापोखरा माविका ४५ वर्षीय प्रधानाध्यापक राम बहादुर खत्रीको मृत्यु भएको हो।

गौँडाकोटस्थित गुल्मी दरवार गाउँ पालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भइ साँझ घर फर्किने क्रममा घुम्तीदेखि भित्री सडकमा मोटरसाइकल दुर्घटना भएको र गम्भीर घाइते खत्रीलाई जिल्ला अस्पताल तम्घासमा साढे ९ बजे मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेले बताए।

अन्य सम्बन्धित समाचार:  नलकटुवा पेस्तोलसहित एक पक्राउ