माओवादी छाडेका आङ्‌बुहाङले पुन: मन्त्री पदको सपथ लिए

मोरङ। प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङ लिम्बुलाई शुक्रबार साँझ विराटनगरमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्‌। प्रदेशका मुख्यमन्त्री शेरधन राईद्वारा नेपालको संविधानको धारा १७० को उपधारा ९१० बमोजिम लिम्बुलाई मन्त्री पदमा नियुक्तिको लागि सिफारिस गरिएअनुसार प्रदेश प्रमुख अधिकारीले शपथ ग्रहण गराएका हुन्‌।

नेकपा माओवादीका तर्फबाट प्रदेशसभा सदस्य लिम्बुले नेकपा एमालेमा प्रवेश गरेका कारण सो पार्टीका केन्द्रीय समितिले दलको विधान र ऐन विपरीत कार्य गरेको कारण देखाइ प्रदेशसभा सदस्य पदबाट खारेज गरेको पत्र यही चैत २६ गते सभामुखले सदनमा पढेर सुनाएपछि सो पद रिक्त हुन गएको हो। मन्त्री लिम्बुलाई यसअघि गएको चैत १३ गते सोही पदमा शपथ ग्रहण गराइएको थियो।

अन्य सम्बन्धित समाचार:  देउवा भेट्न बूढानिलकण्ठ एक्लै पुगे राजेन्द्र महतो