मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु: स्थानीयद्वारा कैलालीमा राजमार्ग अवरुद्ध

कैलाली। कैलालीको गोदावरी–८ का स्थानीयले पूर्व–पश्चिम राजमार्गको स्याउलेमा सडक अवरुद्ध पारेका छन्। शुक्रबार बेलुका मोटरसाइकलले ठक्कर दिएर घाइते भएका ६ वर्षीय बालक प्रिन्स जोशीको मृत्यु भएपछि आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन्।

उनीहरूले बालकलाई ठक्कर दिएर भागेको मोटरसाइकल र चालक पत्ता लगाएर आवश्यक कारबाही हुनुपर्ने माग राखेका छन्। ठक्कर दिएर भाग्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बालकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  धनगढीमा अक्सिजन लुकाउने पक्राउ