हामी सचेत भएनौँ भने फेरि लकडाउन हुनसक्छः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य रहेको बताए। नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वर्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो जीवनको रक्षाका लागि नागरिक पनि सचेत हुनुपर्ने जानकारी दिए।

उनले कोरोना भाइरसको महामारी विश्वभर फेरि फैलन थालेको भन्दै त्यसतर्फ सचेत रहन सबैलाई आग्ह गरे। उनले कोरोनाबाट बच्न स्वास्थ्य मन्त्रलायले दिएका निर्देशन पालना गर्न पनि सुझाव दिए। प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन पालना नभए कोरोनाको संक्रमण फैलिने हुँदा फेरि लकडाउन हुन सक्ने बताए।

प्रधानमन्त्रीले नागरिकको स्वास्थ्यका विषयमा सरकार सचेत भएकाले नागरिकको स्वास्थ्यलाई नै पहिलो प्राथमिकतामा राख्ने र त्यसका लागि लकडाउनको अवस्था आउन सक्ने भन्दै थप सचेत बन्न आग्रह गरे। उनले भने, ‘सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन। आफैँ सचेत बनौँ। सामाजिक जीवनलाई खलबलिन नदिन, सावधानी अपनाएनौँ भने समस्या आउनसक्छ। हामी समयमै सचेत बनौँ।’

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीको निर्देशन– नागरिकको जीवनरक्षा गर्न के–के गर्नुपर्छ त्यो गर्नू