औपचारिक घोषणा नहुँदै पत्रकार महासंघको अध्यक्षमा पोखरेलको जित

काठमाडौं। नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेलको जित सुनिश्चित भएको छ। आज मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन। तर पोखरेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले उनको प्यानलले विजय जुलुस मनाउन थालेका छन्। निर्वाचन समितिका अनुसार अधिकांश उनकै प्यानलका उम्मेदवार विजयी भएका छन्। र, साँझ ५ बजे औपचारिक घोषणा हुनेछ।

नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए। एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा संघसँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो । गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए। महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए।

अन्य सम्बन्धित समाचार:  काठमाडौं छाड्नेलाई आज रातिसम्मको म्याद