देशभर थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै हालसम्म २ लाख ७९ हजार ७२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यो संगै हालसम्म १५१ जना कोरोना संक्रमित निको भएका छन् भने हाल देशभर २ हजार ८०० जना सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यसैगरी आज देशभर कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने हालसम्म देशभर ३ हजार ३९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  एकै दिनमा देशभर थप ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि