कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। पार्टी कार्यालय सानेपामा आज दिउँसो दुई बजे बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। १४औं महाधिवेशनको सन्दर्भमा बैठक बस्न लागेको उनले जानकारी दिए। पौडेलका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा पदाधिकारी बैठकले तय गर्नेछ।

पूर्व पदाधिकारीहरुलाई पनि बोलाइएको यो बैठकमा नयाँ सरकार गठनका विषयमा पनि छलफल हुने अनुमान छ। यसअघि २७ चैतमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा माओवादी केन्द्र र जसपाका नेताहरुसँग संयुक्त छलफल गरेका थिए। सो छलफलमा देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव गरेका थिए। यद्यपि छलफलले ठोस निष्कर्ष निकाल्न सकेको थिएन।

अन्य सम्बन्धित समाचार:  एमाले नेता नेपालको दौडधुप