सिर्जना फर्निचर उद्योगमा आगलागी

आगलागी

काठमाडौं। बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा लागेको आगो करिब छ घण्टापछि नियन्त्रणमा लिइएको छ। विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा गएराति आगलागी भएको जनाइएको छ। गएराति दुई बजे लागेको आगो निभाउन बागलुङ, पर्वत र म्याग्दीका दमकल प्रयोग गरिएको थियो । फर्निचरमा रहेका काठपात तथा तयारी सामग्री जलेका छन्।

आगलागीबाट भएको क्षतिको पूर्णविवरण आइनसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए। यद्यपि करिब एक करोड बराबरको क्षति भएको अनुमान छ। आगलागीको कारण खुलेको छैन। आगोले थप क्षति पुर्याउन सक्ने खतरा भएपछि वरिपरिका घर परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो।

आगलागीका कारण विद्युत, टेलिफोन लगायतका तारसमेत चुँडिएका छन्। बागलुङ नगरपालिका वडा नम्बर तीनका केही स्थानमा विद्युत सेवा अबरुद्ध भएको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौं उपत्यकामा थपियो १५ दिन निषेधाज्ञा