छोराले गरे ५४ वर्षीय बाबुको हत्या

माेटरसाइकल

विराटनगर। विराटनगर महानगरपालिका–८ बलुवाईमा माइलो छोराले शनिबार राती ५४ वर्षीय बुवा विको सहनी मुखियाको हत्या गरेको प्रहरीले जनाएको छ।

२५ वर्षीय छोरा रवि सहनी मुखियाले बाबु विकोको घाँटीमा भाटाले छेडेर हत्या गरेको जनाइएको छ। घाइते बाबुको कोसी अस्पताल पुर्याउने क्रममा राति ११ बजेतिर मृत्यु भएको थियो। आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  माछा मार्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु