सुनको मूल्य घट्यो, तोलामा कति ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मुल्य ओरालो लागेको छ। शुक्रबार तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ। त्यसैगरी यता शुक्रबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  आलोपालो गर्दै बागलुङका बैंक तथा वित्तीय संस्था