टिकटक बनाउन कर्णाली चिसापानी पुलबाट तीन जनाले हाम फाले, एक अझै वेपत्ता

कर्णाली। टिकटकमा भाइरल हुन हुने होडबाजीले केही अप्रिय घटनाहरु पनि घटेको पाइन्छ। यस्तै घटना कैलालीमा पनि घटेको छ। टिकट बनाउन कर्णाली चिसापानी पुलबाट हाम फलेका एक किशारे वेपत्ता भएका छन्। कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ।

उनले शनिबार दिउँसो कर्णाली पुलबाट हाम फालेको कैलाली प्रहरीले बताएको छ। उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक बिष्टले जानकारी दिए। १८ वर्षीय लोकेश प्याकुरेल घाइते भएका छन्। लम्किचुहा नगरपालिका वडा नम्बर १ का प्याकुरेललाई नेपालगञ्‍ज उपचारका लागि लगिएको छ। उनको छातीमा चोट लागेको छ। उनीहरुसँगै नदीमा हाम फालेका १७ वर्षीय बिरेन्द्र सिंहको भने सकुसल उद्धार गरिएको छ। उनीहरु सबै एकै विद्यालयका कक्षा १० का विद्यार्थी हुन्।

अन्य सम्बन्धित समाचार:  प्रहरीको सक्रियतामा पाँच हजार अक्सिजन सिलिण्डर वितरण