गोंगबुको एक गेष्ट हाउसमा भेटियो पुरुषको शव

माेटरसाइकल

काठमाडौं। काठमाडौंको गोंगबुमा एक पुरुषको शव भेटिएको छ। प्रहरीका अनुसार महानगरको वडा नम्बर २७ गोंगबु मित्रनगरमा रहेको सन्तोषी गेष्ट हाउसमा पुरुषको शव भेटिएको हो।

गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको हो। शव स्याङ्जा घर भएका नारायण घर्तीको रहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ। सो कोठा राजु क्षेत्रीको नामबाट बुक गरिएको गेस्ट हाउसको रेकर्डमा देखिएको छ।

अन्य सम्बन्धित समाचार:  फिल्म फेस्टिभल ‘निफ’ आजबाट सुरु हुँदै