धोनीलाई ठुलो झट्काः शुन्यमा आउट भए, खेल हारे अब सजाय पनि भोग्नुपर्ने

काठमाडौं। भारतको राष्ट्रिय टोलीका पूर्वकप्तान तथा आइपिएल टिम चेन्नइ सुपरकिंग्सका कप्तान महेन्द्र सिंह धोनीलाई एकै पटक ३ झट्का लागेको छ। गएराती दिल्ली क्यापिटल्ससँग भएको खेलमा चेन्नइ सुपरकिंग्स पराजित भएको छ। सिजनको पहिलो खेलमै हारेका धोनी खेलमा ब्याटिङमा पनि असफल रहेका थिए।

धोनी गएराती भएको खेलमा शुन्यमै आउट भएका हुन्। अब धोनीले सजाय पनि पाउने भएका छन्। ७ विकेटले गुमाएको खेलमा धोनीको टिमले ढिलो बलिङ गरेका कारण कप्तान धोनीमाथि जरिवाना लगाइएको छ। स्लो ओभर रेटका कारण कप्तान धोनीले अब १२ लाख रुपैयाँ जरिवाना तिर्नुपर्नेछ जनाइएकाे छ। उनको टिम दिल्ली क्यापिटल्सविरुद्ध ढिलो ओभरको गतिको दोषी पाइएको आइपिएलले एक विज्ञप्तिमा जनाएको छ।

अन्य सम्बन्धित समाचार:  आईपीएल खेल्न आएका ८ खेलाडी इंग्ल्याण्ड फिर्ता