बिरामीको मृत्युपछि अस्पतालमा नारावाजी

सिरहा। अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै स्थानीयले लहानस्थित सप्तऋषि अस्पतालमा नारावाजी गरिरहेका छन्। प्रदेश नं. २ को स्वास्थ्य मन्त्रीको राजिनामा, घटनाका दोषीलाई कार्वाही र पीडितलाई क्षतिपूर्ति एवम् अस्पतालको लाइसेन्स खारेजीको माग गर्दै आफन्तहरु आन्दोलित भएका जनाइएको छ। उनीहरुले घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म मृतकको शब नउठाउने जनाएका छन्।

ड्याबिटिजको विरामी रहेका सिरहा सखुवानान्कारकट्टी २ का ३५ वर्षीय रामवती यादव २६ चैतमा उक्त अस्पतालमा भर्ना भएका थिए। भर्ना लगत्तै भेन्टिलेटरमा राखिएका थिए। विरामीको सुधार नआएको भन्दै आफन्तहरुले पटक पटक रिफर गरिदिन आग्रह गरेपनि मृत्युको अन्तिम क्षणमा मात्र कुनै उपकरणविनै रिफर गरिएको थियो।

अस्पतालले रिफर गरेको केही मिनेटमै अस्पताल हाताभित्रै विरामीको मृत्यु भएको थियो। अस्पतालका चिकित्सक सन्देश रौनियारले विरामीका आफन्तले भने अनुसार आफूहरुले अन्यत्र रिफर गरेको जनाए।

अन्य सम्बन्धित समाचार:  प्रहरीको सक्रियतामा पाँच हजार अक्सिजन सिलिण्डर वितरण