देशभर थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै हालसम्म देशभर २८ हजार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज देशभर १४१ जना कोरोना सं‌क्रमित निको भएका छन् भने हाल देशभर २ हजार ९६१ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यसैगरी आज देशभर कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोना संक्रमणबाट ३ हजार ४० जना कोरोना सक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बहुमतको सरकार बनाउन राष्ट्रपतिको आहृवान