लागू औषधसहित एकजना पक्राउ

पाैने

काठमाडौं। काठमाडौँको नागढुंगा चेकप्वाईन्टबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। झापा बिर्तामोड निवासी ३३ वर्षीय लखन मुर्मुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

झापाबाट काठमाडौँ आउँदै गरेको बा ७ ख ६३८ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले उनको साथबाट ५ सय एम्पल र लुपिजेसिक बरामद गरेको छ। मुर्मुमाथि लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  दुई बेहुला पक्राउ