चितवनमा ट्याक्टर दुर्घटनाः मृतक ६, घाइते १९, गम्भीर अवस्था ७ (नामावलीसहित)

चितवन। चितवनको राप्ती नगरपालिकामा आइतबार बेलुका भएको ट्याक्टर दुर्घटनामा मृत्यु भएकाको संख्या ६ पुगेको छ। चितनव जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले आज (सोमबार) बिहान दिएको जानकारीअनुसार घाइतेमध्ये थप १ जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो।

पछिल्लो समय चितवनको राप्ती नगरपालिका–४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठको मृत्यु भएको उनले जनाए। यसअघि राप्ती नगरपालिकाकै वडा नम्बर ५ का ३५ वर्षीय खड्क लामा, सोही नगरपालिकाकै वडा नम्बर ४ का ४५ वर्षीय सीताराम श्रेष्ठ, चितवनकै खैरहनी नगरपालिका(९ का ४० वर्षीय गगन महतो, सोही नगरपालिकाकै वडा नम्बर ९ बैरहनीकी ५० वर्षकी छनिया महतो र नामथर वतन नखुलेका २४र२५ वर्षका पुरुषको मृत्यु भइसकेको छ।

दुर्घटनामा १९ जना घाइते भएका छन्, तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको डीएसपी थापाले बताए। उनका अनुसार रौतहटको दिपहीका १९ वर्षीय अरुण राम, दिबहीकै २७ वर्षीय विजय राम, बाराको कचौराहा गाउँपालिका – ८ का २७ वर्षीय रामआधार राम, चितवनको राप्ती नगरपालिका-४ बस्ने वर्ष ३० का नीरबहादुर श्रेष्ठ, मकवानपुरको राक्सिराङ गापा-७ का २४ वर्षीय रमन चेपाङ, बाराको कोल्हबी नपा-५ का ३२ वर्षीय प्रभुकुमार राम र नामथररवतन खुल्न नसकेका २४र२५ वर्षका व्यक्तिको अवस्था गम्भीर छ।

अन्य सम्बन्धित समाचार:  हेटौंडामा ट्रक र बस ठोक्किदा १८ जना घाइते

मध्यम अवस्थाका घाइतेमा चितवन खैरहनी नपा-७, मझुहीका २६ वर्षीय ट्याक्टर चालक राजन चौधरी, रौतहटको मधुनारायण नपा-१ का २२ वर्षीय पप्पु महरा, चितवनको खैरहनी-९ का २५ वर्षीया मञ्जु चौधरी, सोही स्थान बस्ने २१ वर्षकी सरिता चौधरी, बाराको सिम्रनगढ नपा-५ का २१ वर्षीय अवधेश पासवान, सोही नपा वडा नम्बर ८ बस्ने वर्ष २३ का शिवजीकुमार राम, बाराको बुद्धगाउँ नपा-८ का २० वर्षीय विराज चौधरी, मकवानपुरको कान्द्राङ गापा-४ का २० वर्षीय रङलाल प्रजा, मकवानपुरकै सिलिङे गापा-६ का वर्ष २५ का दानिर प्रजा, रौतहटको दिपही-१ का वर्ष २४ का नागेश्वर चमार, मकवानपुरको राक्सिराङ गापा-२ वर्ष ४२ का अजय सिंजाली र रौतहट दिपही-२ का वर्ष १४ का नितेश राम छन्।

अन्य सम्बन्धित समाचार:  मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते

घाइतेहरूको अहिले चितवनकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ। र राप्ती नगरपालिका–११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। राप्ती नगरपालिकाकै ११ नम्बर वडा कार्यालय भवन ढलान गरेर ट्याक्टरमा भण्डारा फर्किंदै गरेका मजदुर दुर्घटनामा परेका हुन्।