कैलालीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

कैलाली। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताए।

उनका अनुसार लमृतक फागुनको पहिलो साता भारतबाट आएको र आईतबार निमोनिया कारण अस्पताल भर्ना भइ कोरोना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको हो। उनको आज बिहान ७ बजे मृत्यु भएको श्रेष्ठले जनाए।

 

अन्य सम्बन्धित समाचार:  कोरोना महामारीबीच गङ्गा नदी किनारामा शवको थुप्रो