नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौं। नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएका कारण बैठक स्थगित भएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

वरिष्ठ नेताको अनुपस्थितिमा बैठक बस्न नसक्ने भन्दै सभापति शेरबहादुर देउवाले रोक्न निर्देशन दिएअनुसार आज बैठक नबस्ने जनाइएको छ। आजको बैठकमा नयाँ सरकार गठनको पहल, महाधिवेशनको सदस्यता नवीकरण लगायतका विविध विषयमा निर्णय गर्ने एजेण्डा थिए।

अन्य सम्बन्धित समाचार:  मन्त्री आलेको सहयोगमा २२ थान अक्सिजन सिलिन्डर डोटीमा