मन्त्रिपरिषद बैठक बस्दै, सीसीएमसीको प्रस्तावबारे छलफल हुने

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ। बालुवाटारमा बस्न लागेको मन्त्रिपरिषद्को बैठक नियमित हो। आजको बैठकमा नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे छलफल हुने बताइएको छ।

शनिबार सीसीएमसीको बैठकले कोरोनाको जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। काठमाडौं लगायतका शहरी क्षेत्रमा तीन साताका लागि विद्यालय बन्द गर्न सीसीएमसीले प्रस्ताव गरेको छ।

अन्य सम्बन्धित समाचार:  देउवा र प्रचण्डबीच टेलिफोन वार्ता, के भयो कुराकानी?