सुनको मूल्य घट्यो

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सोमवार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार ६ सय रहेको थियो। आज सुनको मूल्य तोलामा १ सयले गिरावट आई प्रतितोला सुन ८९ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य ८९ हजार ५० रहेको छ। सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले गिरावट आएको छ। सोमवार प्रतितोला चाँदीको मूल्य १२ सय ७५ रहेको थियो भने आज मूल्य गिरावट आइ प्रतितोला चाँदी १२ सय ६० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  आलोपालो गर्दै बागलुङका बैंक तथा वित्तीय संस्था