भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६१ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ६१ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा थप ८७९ संक्रमितको मृत्यु भएको छ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या एक करोड ३६ लाख ८९ हजार नाघेको छ। कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि एक लाख ७१ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा महाराष्ट्रमा सबैभन्दा धेरै ५१ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। उत्तर प्रदेश र छत्तीसगढमा सो अवधिमा १३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। त्यस्तै कर्नाटकमा पनि नौ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।

मंगलबार अघिल्लो दिनको तुलनामा नयाँ संक्रमितको संख्यामा केही कमी देखिएको हो। यद्यपि, केही स्थानमा गरिएको परीक्षणको नतिजा आउनमा ढिलाइ भएको अधिकारीहरुले बताएका छन्। पछिल्लो केही समययता भारतका अधिकांश राज्यमा कोरोना संक्रमण निरन्तर बढ्दो क्रममा देखिएको छ। सरकारले स्वास्थ्य मापदण्ड पालना नभएको र चाडपर्व तथा निर्वाचनको प्रचारको क्रममा हुने भेलाले कोरोना संक्रमण बढाएको विशेषज्ञहरुले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  खोप चाँडै आपूर्ति गर्ने सेरमको जवाफ