७१ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट

सुर्खेत। जाजरकोटमा ७१ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरिएको छ। जिल्लाको नलगाड नगरपालिका वडा नम्बर २, ३, ४, ५ र ६ का विभिन्न स्थानमा लगाइएको अफिम नष्ट गरिएको जनाइएको छ। चार दिनमा ७१ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटमा प्रमुख डीएसपी मधुकुमार थापाले जानकारी दिए।

डीएसपी थापाका अनुसार नलगाड वडा नम्बर–२, नहकुलीमा ४ रोपनी, वडा नम्बर ३ को काँक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे ८ रोपनी, द्वारेमा ८ रोपनी वडा नम्बर ६ भारगाँउमा आधा रोपनी, सिर्पाचौरमा ७ रोपनी, किटालेकमा साढे ६ रोपनी, गर्छेनामा साढे ११ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ। अफिम खेती गरिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको टोलीले नष्ट गरेको हो।

अन्य सम्बन्धित समाचार:  शवको चापले विग्रन थाल्यो विद्युतीय शवदाहको मेसिन